सत्ता गठबन्धनको दोस्रो बैठक पनि निष्कर्षबिहिन, महानगरको बाँडफाँड टुंगो लागेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2022 | 06:50:03 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा मिलाउन बसेको सत्ता गठबन्धनको दोस्रो बैठक पनि निष्कर्षबिहिन भएको छ । बिहान बसेको बैठक निष्कर्षबिहिन भएपछि आज साँझ पुन: दोस्रो बैठक बसेको थियो । तर दोस्रो बैठक पनि निष्कर्षविहिन बनेको छ ।

कांग्रेस नेता तथा संचार मन्त्री ज्ञानेन्द्र कार्कीले महानगर र उपमहानगरको सिट बाँडफाँडमा सत्ता गठबन्धन सहमति नजिक पुगेकोले भोलि पुन: बैठक बसेर यसलाई टुंगो लगाउने बताए । उनले भोली बिहान ११:३० मा पुन: बैठक बस्ने र भोलीको बैठकले अन्तिम निर्णय गर्ने उनले बताए ।  प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा स्थानीय तहको उम्मेदवारीका विषयमा सोमवार बिहानैदेखि छलफल चलेको हो ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेर बहादुर देउवा सहितको उपस्थितिमा बसेको बैठकले  महानगर र उपमहानगरको उम्मेदवारी टुंगो लगाउने बताइए पनि बैठक बिना निष्कर्ष सकिएको हो ।  

बैठकमा उच्चस्तरीय समितिका १० सदस्यसहित गठबन्धनका शीर्ष नेताहरू उपस्थित रहेका थिए । कांग्रेका सभापति तथा प्रधानमन्त्री देउवामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठनेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाल र महासचिव वेदुराम भुसालजनता समाजवादी पार्टीबाट उपेन्द्र यादवलगायत शीर्ष नेताहरू सहभागी थिए 

६ महानगर र १३ उपमहानगरमा गठबन्धनका पाँचै दलहरूले आ-आफ्नो दाबी गरिरहेका छन् । नेपाली कांग्रेसकै कतिपय नेताहरू स्थानीय तहको चुनावमा तालमेल गर्न नहुने बताइरहेको अवस्थामा उम्मेदवारी टुंगो लगाउने विषय पेचिलो बनेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved