१० दिन भित्र मतपत्र छाप्ने काम सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2022 | 03:10:04 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले बढीमा १० दिनमा स्थानीय तहको निर्वाचनको मतपत्र छापि सक्ने जनाएको छ । काठमाडौंमा आज आयोजित अन्तरक्रियामा आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताएका हुन्।

उनका अनुसार हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ अब धेरै छपाइ बाँकी छैन । छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको उनको भनाइ छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरिरहेको छ । 

आयोगले जिल्लामा दलगत स्थितिलाई ध्यानमा राखेर मतपत्र छपाइ गर्दै आएको छ । आयोगका प्रवक्ता पौडेलका अनुसार सर्वाधिक काठमाडौंमा ४६ वटा दलका लागि मतपत्र छपाइ भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved