सत्ता गठबन्धनले ११ वटै उपमहानगरपालिकाको भागवण्डा मिलायो, कहाँ कसलाई ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2022 | 04:37:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्ता गठबन्धनको बैठकले ११ वटै उप महानगरपालिकाको भागवण्डा मिलाएको छ । आज बुधबार बसेको गठबन्धनको बैठकले उप महानगरपालिकाको भागवण्डा मिलाएको हो ।

सहमति अनुसार धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही पाउनेछ भने एकीकृत समाजवादीले हेटौंडा पाउने छ । त्यस्तै जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिका पाउने सहमति भएको छ । 

गठबन्धनले हिजो नै महानगरको भागवण्डा टुंगो लगाएको थियो । जस अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउने भएको छ भने जसपाले वीरगञ्ज तथा माओवादी केन्द्रले भरतपुर पाउने सहमति भएको छ। पोखरा भने एकिकृत समाजवादीलाई दिने सहमति भएको छ । सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागवण्डा केन्द्रबाट नै गर्ने निर्णय गरेको थियो ।

No description available.No description available.


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved