ओखलढुङ्गामा काँग्रेस र माओवादीबीच मात्रै गठबन्धन, कुन पालिका कसलाई ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2022 | 04:53:22 PM मा प्रकाशित

laxmi  sunrise bank

ओखलढुङ्गामा गठबन्धनले भागबन्डा टुंगो लगाएको छ । 

सहमति अनुसार चिसङ्खुगढी गाउँपालिकाको अध्यक्ष काँग्रेसले पाउनेछ भने उपाध्यक्ष काँग्रेसले पाउने भएको छ । 

त्यस्तै सिद्धिचरण नगरपालिकाको प्रमुख नेपाली काँग्रेस र उपप्रमुख नेकपा माओवादीले पाउने छ । मोलुङ गाउँपालिकाको अध्यक्ष काँग्रेसले पाउने गरी गठबन्धनमा सहमति हुँदा उपाध्यक्ष माओवादीले पाउने छ । 

यसैबीच लिखु गाउँपालिकामा दुबै दलले दाबी गरेका छन् । यो पालिकामा केन्द्र र प्रदेशको निर्णयहरु भागबन्डा हुनेछ । 

चम्पादेवी गाउँपालिकाको अध्यक्ष काँग्रेसले पाउने गरी सहमति हुँदा उपाध्यक्ष माओवादीले लिने भएको छ । मानेभन्ज्याङ, सुनकोशी र खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै काँग्रेसले लिने भएको छ । मानेभन्ज्याङको वडा संख्या १, सुनकोशीको वडा संख्या २ र खिजिदेम्बाको वडा संख्या १ माओवादीले पाउने छ ।

ओखलढुंगामा काँग्रेस र माओवादीबीच मात्रै गठबन्धन भएको हो । नेकपा एकिकृत समाजवादी र जनता समाजवादी गठबन्धन बाहिर रहने भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved