वीरगन्ज महानगरमा एमाले र लाेसपाबीच गठबन्धनकाे सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2022 | 10:03:57 AM मा प्रकाशित

laxmi  sunrise bank

वीरगन्ज महानगरपालिकामा नेकपा(एमाले) र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)बीच गठबन्धनकाे सहमति जुटेकाे छ । ३० वैशाखमा हुने चुनावमा वीरगन्जकाे मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् ।

सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए । एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले यसकाे पुष्टि गरे । वडा अध्यक्ष र सदस्यकाे हकमा टुंग्याउन बाँकी छ । सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसकाे उम्मेदवारी रहने सहमति भइसकेकाे छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved