नेपाल आउन लागेका मोदीले पाउने भए 'डाक्टर' को उपाधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2022 | 04:30:17 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले महाविद्यावारिधि (डक्टर अफ लेटर)को उपाधि दिने भएको छ ।

जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर नेपाल भ्रमणमा आउन लागेका मोदीलाई विश्वविद्यालयले महाविद्यावारिधिको उपाधिबाट सम्मानित गर्ने भएको हो ।

शिक्षा मन्त्रालयनिकट स्रोतका अनुसार यसको सम्पूर्ण तयारी भइसकेको छ । केही घण्टाका लागि मात्र नेपाल आउने कार्यतालिका भएका मोदीले उपाधि पाएपछि विश्वविद्यालयलाई सम्बोधन पनि गर्ने छन् ।

दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदीले गर्ने यो पाचौं नेपाल भ्रमण हो । यसअघि पहिलोपटक साउन १८, २०७१ मा मोदी नेपाल आएका थिए ।

त्यसपछि २०७१ सालकै मङ्सिर १० मा उनको दोस्रो नेपाल भ्रमण भयो । दोस्रोपटक उनी सार्क शिखर सम्मेलनका लागि नेपाल आएका थिए ।

२०७५ को वैशाख २८ गते तेस्रो भ्रमण गरेका मोदी जनकपुरधाम र मुक्तिनाथ गएका थिए । २०७५ सालकै भदौ १४ मा उनी बिमस्टेक सम्मेलनका लागि काठमाडौँ आएका थिए ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले गत चैत १८ गते तीन दिनका लागि गरेको भारत भ्रमणका क्रममा मोदीलाई निम्तो दिएका थिए । सोही निम्तो मान्न उनी नेपाल आउन लागेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved