अन्सारीको आरोपमाथि महासेठको टिप्पणी : आरोप झुठ हो, विस्तृत कुरा चुनावपछि बोल्छु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2022 | 07:57:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले आफूमाथि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले लगाएको आरोप झुटो भएको टिप्पणी गरेका छन् ।

बिजपाटीसँग संक्षिप्त कुराकानी गर्दै महासेठले अन्सारीको आरोपमाथि विस्तृत रूपमा चुनाव सकिएपछि बोल्ने बताए ।

'ममाथि आज लगाइएको आरोपमा कुनै सत्यता छैन,' महासेठले भने, 'अहिले आचारसंहिता लाग्ने भएकाले म चुप बस्नुपर्छ । वैशाख ३० को चुनावपछि म बोल्छु ।'

अन्सारीले जनकपुरस्थित एक होटेलमा आफूमाथि गुण्डा पठाएर आक्रमण गर्न लगाएको आरोप महासेठमाथि लगाएका थिए ।

काठमाडौं आउने क्रममा जनकपुरस्थित एक होटेलमा बसेका अन्सारीमाथि केही व्यक्तिहरूले पैसा बाँडेको भन्दै हुलहुज्जत गरेका थिए ।

अन्सारीलाई प्रहरीले रेस्क्यू गरेर विमानस्थलसम्म पुर्याएको थियो । काठमाडौँ आएपछि पत्रकार सम्मेलन गर्दै अन्सारीले महासेठ र उनकी पत्नी जुली महतोमाथि आफ्नो चरित्रहत्या गरेको र भ्रामक सूचना फैलाएको भन्दै आरोप लागेका थिए ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved