एमालेले अब संसद अवरोध नगर्ने, विरोध भने कायमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 04:31:11 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध नगर्ने भएको छ । आज संसदको बजेट अधिवेशनको पहिलो बैठकमा  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको अर्थतन्त्र संकटमा रहेको र यसबारे संसदमा छलफल हुनुपर्ने भएकाले संसद अवरोध अन्त्य गर्ने निर्णयमा पुगेको बताएका हुन् ।

 निर्वाचनले मुलुक एउटा कोर्समा गएकाले संसदको अवरोध हटाउने निर्णय गरेको उनले बताए । दल विभाजनका लागि जस्केलाबाट अध्यादेश ल्याउनु र उद्धेश्य पुरा भएपछि फिर्ता लिनु, त्यसमा सभामुख, अदालत जस्ता संवैधानिक निकाय सहयोगी जस्तो बन्नु गलत हो भन्ने एमालेको अडान कायमै रहेको उनले बताए ।

उनले सरकारले आफ्नो पार्टी फुटाउने काम गरेको, पार्टीले कारवाही गरेका सांसदलाई सभामुखले कारवाही नगरेको विषयमा भने आफ्नो विरोध अझै पनि जारी रहेको र त्यसको फरकढंगले विरोध जारी राख्ने बताएका छन्। 

यस संगै संसदको ९ महिना लामो अवरोध अन्त्य गरेको छ । आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो । 

यहि अधिवेशनमा जेठ १५ गते बजेट प्रस्तुत हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved