संसदमा ८ वटा अध्यादेश पेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 04:43:35 PM मा प्रकाशित

laxmi  sunrise bank

आजको प्रतिनिधिसभा बैठकमा विभिन्न ८ वटा अध्यादेश पेश भएका छन्। 

आजको बैठकमा  गृह मन्त्री बालकृष्ण खांणले 'नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८', 'सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८' र  'तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८' पेश गरेका हुन्।

त्यस्तै आज स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले 'औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७९', र  'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९'  पेश गरेका हुन्।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले "रेल्वे अध्यादेश, २०७८" पेश गरेकी हुन्। त्यस्तै  कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले 'फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८' र 'यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८' पेश गरेका हुन्।

संसदको अधिवेशन नचलेको बेलामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने ब्यबस्था छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved