देश गम्भीर शंकटमा परेको बेला पनि सरकार सत्ता सेटिङमा ब्यस्त भयो: सांसद ज्ञवाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 05:41:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका सांसद  प्रदीपकुमार ज्ञवालीले देश गम्भीर शंकटमा परेको बेला पनि सरकार सत्ता सेटिङमा ब्यस्त भएको आरोप लगाएका छन् । मंगलार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ज्ञवालीले सत्ता सेटिङ सकिएको भए देश बचाउन एकजुट हुन आग्रह गरे ।

उनले मुलुक झन्डै झन्डै राष्ट्रिय शंकटतर्फ धकेलिँदै गरेकोले यस विषयमा छलफल गर्न नेकपा एमालेले बिरोधको स्वरुपलाई परिवर्तन गरेको बताए । उनले प्रधानमन्त्री र मन्त्रीहरु सत्ता सेटिङमा नै ब्यस्त रहेको बताए  । उनले सरकारलाई महंगीले, हरेक नागरिकको हरेक गृहिणीको, हरेक गृहस्थको जीवन अस्तव्यस्त भएको कुरा र मुलुकको अर्थतन्त्रका सबै सूचकहरुमा रातो बत्ती बल्दै गरेको अवस्थाले पनि छुन नसकेको बताए । सांसद ज्ञवालीले देशको स्थिति धेरै भयावह हुँदै गइरहेको पनि बताए ।

सांसद ज्ञवालीले भने ,  ‘मुलुक झन्डै झन्डै राष्ट्रिय शंकटतर्फ धकेलिँदै गरेको छ । त्यो विषयमा छलफल होस् भन्नका लागि हामीले बिरोधको स्वरुपलाई परिवर्तन गरेका हौँ । मुलुकको अर्थतन्त्र अहिले ठूलो शंकटमा छ । मान्य प्रधानमन्त्रीज्यू, मान्य मन्त्रीज्यूहरु सत्ताको सेटिङमै ब्यस्त हुनुहुन्छ । उहाँहरुलाई यी कुराले सायद छुँदैन पनि होला । न महंगीले, हरेक नागरिकको हरेक गृहिणीको, हरेक गृहस्थको जीवन अस्तव्यस्त भएको कुराले छुन्छ, न मुलुकको अर्थतन्त्रका सबै सूचकहरुमा रातो बत्ती बल्दै गरेकाले छुन्छ । विदेशी सिञ्चिति इतिहासकै न्यून भएको छ, व्यापार घाटा चुलिँदै गएको छ, भुक्तानि सन्तुलनको स्थिति भयावह छ । यदी सत्ताको सेटिङ पुगेको छ भने मेरो आग्रह छ सम्माननीय प्रधानमन्त्री ज्यू निन्द्रबाट ब्युँझिनुहोस् । मान्य मन्त्रीज्यू निन्द्रबाट ब्युँझिनुहोस् । देशको स्थिति धेरै भयावह हुँदै गइरहेको छ । यस्तो बेलामा सरकारको ध्यान अवैध श्रोतबाट आएका धनलाई चोख्याउने त्यसमा साबुनपानी दल्नेतिर गयो ।’

सांसद ज्ञवालीले स्थानीय तह निर्वाचनमा नेकपा एमालेका कार्यकर्ताहरुमाथि सांघातिक आक्रमण हुँदा समेत सरकारे चासो नदेखाएकोप्रति गुनासो गरे।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved