फेरि बढ्यो सार्वजनिक सवारीको भाडा, कहिलेबाट हुन्छ लागू ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 06:22:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक सवारीको भाडा फेरि बढेको हो । 

यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक सवारीसाधनको भाडा ३.५ प्रतिशतले बढाएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ५.१ प्रतिशतले बढेको छ । 

इन्धनको मूल्य १० प्रतिशत बढी मूल्य बढेकाले जेठ ४ गतेबाट लागू हुने गरी भाडा बढाईएको विभागले जनाएको छ । अहिले डिजेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । 

यसअघि २०७८ चैत १७ गते भाडा बढेको थियो । 


भाडादर हेर्न यहाँ क्लिक गर्नुहोस्

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved