संसदमा योगेशको प्रश्न, ‘हप्तामा २ दिन बिदा के का लागि सरकार ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2022 | 02:25:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले शनिबार र आइतबार गरी २ दिन बिदा दिएको विषयमा प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद भट्टराईले सातामा २ दिन बिदा दिने निर्णय हचुवाका भरमा गरिएको दाबी गर्दै यो घातक हुने बताएका छन् । 

‘सरकारले २ दिनको बिदाको कुरा गरेको छ, त्यो दुई दिनको बिदा के को लागि ?,’ उनले प्रश्न गर्दै भने, ‘खाली पेट्रोलियम पदार्थको खपत घटाउनका लागि मात्रै हो भने त्यो प्रत्यिुत्पादक हुन्छ, त्यो हचुवाको भरमा ल्याइएको छ ।’

उनले २ दिन बिदा दिँदा श्रम बजार र उत्पादनमा वैकल्पिक व्यवस्था नगरिएकोप्रति पनि असन्तुष्टि जनाए । 

‘त्यो २ दिनको बिदाले राष्ट्रिय उत्पादन र श्रम शक्तिलाई कसरी अघि बढाउन सक्छ ? मुलुकको अर्थतन्त्रमा कसरी टेवा दिनसक्छ ?’ भट्टराईले प्रश्न गर्दै थपे, ‘त्यसले देशको पर्यटन उद्योगलाई कसरी अघि लानसक्छ ? भन्ने खालका कुराको उचित वैकल्पिक व्यवस्था नगरी हचुवाको भरमा गरिएको छ । यसले कुनैपनि प्रतिफल दिनसक्दैन् ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved