विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2022 | 02:45:26 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतबाट महंगोमा बिजुली किनेर सस्तोमा बेचेको विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेको बताएका हुन् ।

‘अहिले पनि हामी मित्र राष्ट्रबाट महँगोमा बिजुली किनिरहेका छौं, आयात गरिरहेका छौं । महँगोमा किनेको बिजुली हामीले बेच्दा सस्तोमा बेचेका छौं । यसले क्रमशः विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ,’ भट्टराईले भने । प्राधिकरणलाई जोगाउने विषयमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नपरेको भन्दै उनले देशभित्र र बाहिरबाट ऊर्जामा लगानी बढाउनु पर्नेमा जोड दिए । रेमिट्यान्स घटेको विषयमा छानबिन गर्दा सरकारले गभर्नरमाथि कारबाही गरिएको उनले बताए ।

भट्टराईले सरकारले शनिबार र आइतबार गरी २ दिन बिदा दिएको विषयमा पनि प्रश्न उठाएका छन् ।  आजको बैठकमा बोल्दै सांसद भट्टराईले सातामा २ दिन बिदा दिने निर्णय हचुवाका भरमा गरिएको दाबी गर्दै यो घातक हुने बताएका छन् । 

‘सरकारले २ दिनको बिदाको कुरा गरेको छ, त्यो दुई दिनको बिदा के को लागि ?,’ उनले प्रश्न गर्दै भने, ‘खाली पेट्रोलियम पदार्थको खपत घटाउनका लागि मात्रै हो भने त्यो प्रत्यिुत्पादक हुन्छ, त्यो हचुवाको भरमा ल्याइएको छ ।’

उनले २ दिन बिदा दिँदा श्रम बजार र उत्पादनमा वैकल्पिक व्यवस्था नगरिएकोप्रति पनि असन्तुष्टि जनाए ।  ‘त्यो २ दिनको बिदाले राष्ट्रिय उत्पादन र श्रम शक्तिलाई कसरी अघि बढाउन सक्छ ? मुलुकको अर्थतन्त्रमा कसरी टेवा दिनसक्छ ?’ भट्टराईले प्रश्न गर्दै थपे, ‘त्यसले देशको पर्यटन उद्योगलाई कसरी अघि लानसक्छ ? भन्ने खालका कुराको उचित वैकल्पिक व्यवस्था नगरी हचुवाको भरमा गरिएको छ । यसले कुनैपनि प्रतिफल दिनसक्दैन् ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved