भृकुटीमण्डपको जुत्ता मेला सकिन अब केही दिन मात्रै बाँकी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2022 | 05:47:19 PM मा प्रकाशित

laxmi  sunrise bank

फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा चलिरहेको जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला सकिन अब केहि दिन मात्र बाकीं रहेको छ। काठमाडौँको भृकुटीमण्डपमा २०७९ बैशाख १५ देखि सुरु भएको मेला २०७९ जेष्ठ ०८ गते सम्म चल्ने छ ।

मेलामा नेपालमा उत्पादित जत्ता चप्पल तथा छाला जन्य वस्तुहरु रहेका छन्। त्यस्तै स्वदेशी तयार गरिएका जुत्ता चप्पल, लेडिज जेन्स बच्चा सबैलाई समेट्ने गरि अहिले गर्मि सिजन लक्षित उत्पादन र बिहेको पार्टीको लागि लक्षित गरि उत्पादन रहेका छन् । 

 मेलामा १० देखि ५० प्रतिशतसम्म आकर्षक छुटका साथ १९ कम्पनीका ३० भन्दा बढी ब्राण्डका १००० मोडलका जुत्ता एकै ठाउमा पाउन सकिने छ। स्टलमा  वेस ग्लोबल प्रा. ली, बेस फुटवेयर इण्डष्ट्रिज, शिखर शुज इण्डष्ट्रिज प्रा. ली, कोशेली छाला जुक्ता उधोग प्रा. ली, लालीगुरास फुटवेयर, रोयल फुटवेयर इण्डष्ट्रिज प्रा. ली, शुभकामना फुटबेयर प्रोडटक नेपाल प्रा. ली, पवित्रा शुज इण्डष्ट्रिज, रन शुज इण्डष्ट्रिज, स्मार्ट शुज इण्डष्ट्रिज प्रा. ली, वान ओल्डं फुटवेयर प्रा. ली, सुरभी पोलीमर्स , सम्राट शुज प्रा. ली,  नमस्ते फुटवेयर प्रा. ली, ओएशिस फुटवेयर पप्रा. ली, किरण शुज म्यानुफ्याक्चरर्स, बोस सुज इन्डष्ट्रीज प्रा.लि., फुटस्टेप सुज प्रा.लि. र नियासा सुज इन्डष्ट्रीज प्रा.लि. सहभागी छन् ।

आयोजकले भनेको छ 'यस मेलाबाट खोजिएको उपलब्धि भनेको नेपाली उत्पादनको प्रचार प्रसार तथा उत्पादक तथा उपोत्ता तथा अन्य सरोकारवालहरु बिचको प्रत्यक्ष सम्बन्ध स्थापना र उत्पादनको बजारिकरणको प्रवर्दन भएको हुदा यसको उपलब्धी मापनको अन्य सूचकहरुमा यसको अवलेकन तथा कारोवार पनि हो ।'

मेला अवधिमा २ लाख ५० हजार भन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकहरुले भ्रमण गर्ने अनुमान गरिएको छ र मेलामा ३ करोड बराबरको कारोबार हुने अपेक्षा आयोजकको छ। 

भिडियो :

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved