सौन्दर्य प्रतियोगितामा सहभागी किशोरी बलात्कारको अभियोगमा एक जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2022 | 06:57:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले सौन्दर्य प्रतियोगितामा सहभागी किशोरी बलात्कारको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बलात्कारको अभियोग लागेका प्रतियोगिता आयोजक संस्थाका सञ्चालक मनोज पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो।

किशोरीको भिडियोबाट आएको घटनाका सम्बन्धमा अनुसन्धान तथा कारवाहीलाई लागि पाण्डेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए।

८ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा आफूलाई बेहोस बनाएर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेल गरेर निरन्तर ६ महिना यौन शोषण गरेको भन्दै पीडित युवतीले भिडियोमार्फत हालै घटना विवरण सार्वजनिक गरेकी थिइन्।

घटना सार्वजनिक भएपछि दोषीलाई कारवाही माग गर्दै र बलात्कार कानुनमा हदम्याद संशोधन माग गर्दै सडकदेखि सदनसम्म आवाज उठिरहेको छ। युवाहरु प्रधानमन्त्री निवास बालुवाटारदेखि माइतीघर, नयाँबानेश्वर, पोखरा, चितवनलगायत देशभर दबाबमूलक प्रदर्शनमा उत्रिएका छन्।

यसबीचमा गृह मन्त्रालयले अपराध महाशाखाका एसएसपी बसन्त कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति बनाएर अनुसन्धान थालेको थियो। अनुसन्धान अन्तर्गत अभियोग लागेका पाण्डे आज पक्राउ परेका हुन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved