पेट्रोल डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँ बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।
आयल निगमका अनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ ।
