बालेनले मेयर जिते गहना खरिद गर्दा ४० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2022 | 10:16:41 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय चुनावको नतिजालाई लक्षित गर्दै ह्वाइट फेदर्स ज्वेलरीले गहनामा छुट दिने भएको छ । उक्त ज्वेलरीले यदि काठमाडौँ महानगरपालिकाको मेयर पदमा बालेन साह अर्थात् बालेन्द्र साह विजयी भएमा सुनको गहनामा ज्याला निशुल्क ,चांदीको गहनामा  ३० % र हिराको गहनामा ४० % छुट दिने भएको हो ।

अहिले बालेन साहलाई लिएर विभिन्न अफर, निशुल्क सेवा लगायतका निर्णयहरु सार्वजनिक भैरहेको छ । अहिले काठमाडौँ महानगरपालिकाको स्थानीय चुनाबको क्रेज छुट्टै उचाईमा रहेको बेला विभिन्न संस्थाले निशुल्क सेवा लगायत आफ्ना ग्राहकलाई छुट दिने तथा अन्य  योजनाहरु ल्याइरहेको छ। यहि योजनालाई पछ्याउंदैै ह्वाइट फेदर्स ज्वेलरीले पनि कदममा कदम मिलाएको ज्वेलरीका संस्थापक स्किनर रसाइली बताउछन्  ।

उनी भन्छन्  “आफ्ना ग्राहकहरुलाई ट्रीट दिन एक अवसरको खोजीमा रहेका थियौ मौका मिल्यो ।  त्यो एक कारण हो, र जसरि बालेनलाई युवा जोस भनेर बिश्वास गर्नु भएको छ, त्यसरी ह्वाइट फेदर्स पनि युवा जोसले अगाडी बढिरहंदा ग्राहकको साथ अझै पाइन्छ भन्ने विश्वासले पनि हामीले यो योजना अगाडी ल्याएको हौ। “

काठमाडौँको न्युरोड खिच्चापोखरी मेघा ब्यांकको अगाडी रहेको ह्वाइट फेदर्स ज्वेलरी करिब ५ वर्ष देखि ग्राहकहरुको सेवामा रहीआएको छ । ह्वाइट फेदर्स सस्तो ,सुलभ र गुणस्तर सुन, चाँदी ,हिरा पाइने गहना पसलको रुपमा परिचित छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved