निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश, हालसम्मका सबै निर्णय बदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2022 | 04:41:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको छ । अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गर्दै अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको हो ।

न्यायधिशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ , ईश्वरप्रसाद खतिवडा , प्रकाशमान सिंह राउत र  डा मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले यस्तो आदेश दिएको हो । इजलाशले निजगढमा विमानस्थल बनाउनेसम्बन्धी २०७१ फागुनदेखो हालसम्म भएका निर्णयहरू बदर गरेको छ । अदालतले विमानस्थल निर्माणका लागि गरिएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र त्यसलाई ससर्त स्वीकार गर्ने वन मन्त्रालयको निर्णय पनि बदर गरेको छ । 

निजगढमा वन्यजन्तु तथा बोटबिरुवा मासेर अन्तराष्ट्रिय विमानस्थल नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले  २०७६ फागुन ७ गते रिट दायर गरेका थिए  । 

सर्वोच्च अदालतको ५ सदस्यीय बृहत पूर्ण इजलासले गरेको निर्णय भएकाले यो आदेशको पुनरावलोकन हुने छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved