'आफू नेपाली उत्पादन नलगाउने, अनि नेपाली उत्पादन अभिवृद्धि अभियान चलाउँछु भन्ने ?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2022 | 06:30:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नीति तथा कार्यक्रममार्फत नेपाली उत्पादन अभिवृद्धि अभियान चलाउने घोषणा गरेकोप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कटाक्ष गरेका छन् । 

उनले शरीरमा आफू एक धर्को नेपाली उत्पादन नलाउने तर नारा भने नेपाली उत्पादन अभिवृद्धि अभियान दशक चलाउने भन्दै कटाक्ष गरेका हुन् । उनले सत्ता गठबन्धका नेताको शीरदेखि पाउँसम्म एक धर्को नेपाली उत्पादन नभएको पनि दाबी गरे ।

‘नेपाली पहिरन लगाउन तपाईहरुलाई लाज हुन्छ गठबन्धनका नेता ज्यूहरु, नेपाली पोशाक लगाउन तपाईहरुलाई सरम लाग्छ, लगाउनुहुन्न’ ओलीले भने, ‘तपाईको शरीरमा एक धर्को, एक छेस्को, तपाईको शीरदेखि पाउँसम्म कहीँकतै नेपाली उत्पादन छ ? नेपाली पोशाक छ कि, नेपाली उत्पादन छ कि ? अनि नारा ल्याउनुहुन्छ, नेपाली उत्पादन अभिवृद्धि अभियान चलाउने । अभियान कसले सञ्चालन गर्ने ?’

उनले नेपाली पहिरन लगाउन र नेपाली उत्पादन प्रयोग गर्न आग्रह पनि गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved