कार्यकर्ताबाट किन ८ करोड रकम उठाउँदैछ माओवादी केन्द्र ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2022 | 03:23:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा (माओवादी केन्द्र)ले पार्टीका सदस्यबाट पैसा संकलन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय व्यवस्थित बनाउन भन्दै माओवादी केन्द्रले प्रति सदस्य १ सय रुपैयाँका दरले लेवी उठाउने भएको हो । 

माओवादीका देशभर कूल ८ लाख पार्टी सदस्य छ न्। उनीहरुबाट ८ करोड बराबरको रकम सङ्कलन हुने माओवादीले जनाएको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पार्टीका पूर्वस्थायी समितिका सदस्यको बैठकले पार्टीको कार्यालय विस्तार तथा व्यवस्थापनका लागि एक पटक प्रति सदस्य १ सय रुपैयाँ लेवी उठाउने निर्णय गरेको हो । 

बैठक पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) भित्रको विवादका विषयमा पनि छलफल भएको छ ।

त्यस्तै, गत पुसमै आठौँ महाधिवेशन सकिएको भएपनि हालसम्म पदाधिकारी चयन हुन सकेका छैनन् । यस विषयमा पनि बैठकमा सामान्य छलफल भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved