राजश्व नीति परामर्श समितिको अन्तर्क्रिया सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2022 | 07:17:45 PM मा प्रकाशित

नेपाल राजस्व परामर्श समितिले आर्थिक वर्ष २०७९\८० को राजस्व नीति तथा कर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

होटल हिमालय पुल्चोकमा भएको उक्त कार्यक्रममा राजस्व सचिव कृष्णहरि पुष्कर, अर्थमन्त्रालयका बरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सत्य नारायण प्रजापती, आन्तरिक राजस्व विभागका उप–महानिर्देशक, विश्वविद्यालय तथा अन्य क्षेत्रका विज्ञहरु, आर्थिक क्षेत्रका पत्रकारहरु लगायतको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश प्रसाद दहालले गरेका थिए ।

कार्यक्रममा आर्थिक वर्ष २०७९÷८० मा सरकारको बजेट तथा कार्यक्रममा समावेश भएका नीति तथा कार्यक्रम छलफल भएको र कार्यक्रममा समावेस नभएका र सहभागीहरुका अन्य गुनासोहरुलाई राजस्व सचिव कृष्णहरि पुष्करले छलफल गरी कार्यान्वयनयोग्य विषयहरुलाई यथासक्य छिटो सम्बोधन गर्ने कुरा व्यक्त ब्यक्त गरेका थिए ।

 

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved