मलेसियाका लागि प्रस्तावित राजदूत पौडेलविरुद्ध बैंकिङ कसूर र ठगी मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2022 | 08:15:50 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियाको राजदूतका लागि प्रस्तावित डिल्लीराज पौडेल जानकी मेडिकल कलेजको लेनदेन विवादमा फँसेका छन् । गोपाल खनालबाट किनेर कलेजलाई आफ्नो स्वामित्वमा ल्याएका पौडेलले त्यसको भुक्तानी अझैसम्म दिएका छैनन् । 

आफूले किनेको केही वर्षमा पौडेलले कलेज ओपी पाण्डेलाई बेचे । तर यसअघि जो सँग कलेज किनेका थिए, उनैलाई पौडेलले भुक्तानी नगरेका हुन्। 

पौडेलले दिएको ६ करोडको चेक नसाटिएपछि यतिबेला खनाल न्यायको खोजीमा लागेका छन् । प्रस्तावित राजदूत पौडेलले पैसा दिन्छु भनी पटक-पटक भनेको भएता पनि 'ठगी' गर्ने नियत रहेकाले पैसा नपाएको खनालको गुनासो छ ।

गत जेठ ४ गते संसदीय सुनुवाइ समितिले पौडेललगायत रुसका लागि मिलन तुलाधर, स्पेनका लागि शर्मिला पराजुली र इजरायलका लागि कान्ता रिजाललाई अनुमोदन गरेको थियो । पौडेल  पूर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको कोटाबाट मलेसियाका लागि राजदुतमा सिफारिस भएका हुन्।

सुनुवाइ समितिले राजदूतको सिफारिसमा परेकाविरुद्ध उजुरी दिने समय तोकेको थियो । तर त्यसबीचमा आफू काठमाडौँबाहिर भएकाले उजुरी गर्न नसकेको बताए । 

सुनुवाइ समितिका अध्यक्ष लक्ष्मणलाल कर्णले यदि प्रस्तावित राजदूतले ठगी गरेको हो भने परराष्ट्र मन्त्रालयमा उजुरी हाल्न सुझाव दिए । 

'हाम्रो तर्फबाट सुनुवाइ सक्यो, अब मलेसियाले एग्रिमो पठाएपछि उहाँ राजदूत भएर जानुहुन्छ,' कर्णले भने, 'यदि उहाँमाथि बैंकिङ कसूर या ठगीको आरोप लागेको छ भने परराष्ट्र मन्त्रालयमा उजुरी गर्न सक्नुहुन्छ ।'

यसबारे पौडेलसँग सम्पर्क गर्न खोज्दा उनले प्रतिक्रिया दिन मानेनन् । उनका वकिल टंक दुलालले भने आफ्नो क्लाइन्टका बारे आफू नबोल्ने बताए ।

चेक अनादार मा जानकी नेडिकल कलेज र डिल्ली राम पौडेल बिच काठमाडौ जिल्ला अदालत मा हाल मूद्दा चली रहेको र बिचाराधिन अबस्था मै छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved