काठमाडौँमा कुहिने र नकुहिने फोहोर नछुट्याए हरेक पटक ५०० जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 10:03:51 AM मा प्रकाशित

laxmi  sunrise bank

साउन १ गतेदेखि काठमाडौँ महानगरवासीले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने भएको छ । काठमाडौँ महानगरको नगर कार्यपालिकाले एक सूचना जारी गर्दै दोहोरलाई कुहिने र नकुहिनेमा बर्गिकरण गर्नु पर्ने र बर्गिकरण नगरे प्रत्येक पटक ५०० जरिवाना हुने जनाएको छ ।

 स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ 'काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार २०७९ साल साउन १ गतेदेखि स्रोतमा नै फोहोरको पृथकीकरण (कुहिने र नकुहिने फोहोर छुट्याउने) गर्नुहुन सम्पूर्ण महानगरवासीलाई विनम्र अनुरोध छ । उक्त व्यवस्था अनुसार जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकोले फोहोर पृथकीकरण गरी जैविक (कुहिने) फोहोर सङ्कलन गर्न आउने दिन जैविक (कहिने) फोहोर मात्रै सङ्कलन गर्ने र अजैविक (नकुहिने) फोहोर सङ्कलन गर्न आउने दिन अजैविक (नकुहिने) फोहोर मात्रै सङ्कलन गर्ने जानकारी गराइन्छ । यसरी स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved