
सहरी विकास मन्त्री रामकुमारी झाक्री रुँदै बिदा भएकी छिन् । आज मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री झाँक्री पटक पटक भावुक बनेकी हुन् ।
मन्त्रालयमा आज साँझ आयोजित बिदाई पत्रकार सम्मेलनको सुरुमै उनी रोइन् । आफूले वाचन गर्ने पत्र हेर्दै उनले टिस्यू पेपरले आँसु पुछिन् ।
अन्तिमसम्म पटक पटक रोएकी उनी आफूलाई सम्हाल्दै हाँस्ने प्रयास पनि गर्थिन् । तर, सक्दिनथिन् ।