सुदुरपश्चिम प्रदेशमा प्रवेश गर्यो मनुसुन, अब देशैभरि फैलियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2022 | 09:51:39 PM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ । आज १२ गते आइतबार सुदुर पश्चिम प्रदेशमा मनुसुन प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज विशेष बुलेटिन जारी गर्दै यस वर्षको मनसुन प्रणाली  आज मिति २०७९/०३/१२ गते  सुदुर पश्चिम प्रदेशमा प्रवेश गरेको जनाएको हो ।  नेपालको प्रदेश नं १ मा २०७९/०२/२२ , मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा २०७९/०२/२६ र लुम्बिनी तथा कर्णाली प्रदेशमा २०७९/०३/१० मा मनसुन प्रणाली आगमन भएको थियो । यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडीनै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

सुदुर पश्चिम प्रदेशमा मनुसुन प्रवेश गरे संगै अब देशभर मनसुनी वायुको प्रभाव रहने छ । देशभर मनसुन फैलिएसंगै देशको पहाडी भू-भागमा भू-क्षयपहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved