अबको केहि दिन यी स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2022 | 10:06:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी केहि दिन नेपालमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मनसुन बुलेटिन जारी गर्दै भारी वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको हो 

विभागका अनुसार यस वर्षको मनसुन प्रणाली २०७९/०२/२२ मा नेपालको प्रदेश नं १ मा आगमन भई २०७९/०३/१२ गते  सम्म आइपुग्दा सुदुर पश्चिम प्रदेशमा प्रवेश गरे संगै देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय भएको छ।  साथै मंगलवार देखि बिहिवार सम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आईपुग्ने संभावना रहेकोले मनसुन थप सक्रिय हुने देखिएको छ।

यसको प्रभावले गर्दा मंगलवार देखि बिहिवार सम्म देशभर सामान्य देखि पूर्णतया बदली रही मंगलबार देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई प्रदेश नं १बागमती प्रदेशगण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

मंगलबार राती देखि बुधबार प्रदेश नं १मधेश प्रदेशबागमती प्रदेशगण्डकी प्रदेश र लुम्बिनी धेरै स्थानहरुमा मध्यम वर्षा/झरी भई केही स्थानहरुमा भारी बर्षा र थोरैस्थानहरुम धेरै-भारी वर्षाको सम्भावना रहेको छ । सदुर-पश्चिम प्रदेशका अधिकाशं स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई यस प्रदेशका तराई भूभागका थोरै स्थानहरुमा भारी बर्षाको समेत संभावना रहेको छ। कर्णाली प्रदेशका अधिकाशं स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई एक-दुई स्थानमा भारी बर्षाको समेत संभावना रहेको छ।

बिहिवार गण्डकीलुम्बिनी र सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । बांकी प्रदेशहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको छ।

तसर्थ मंगलबार देखि बिहिबार सम्म देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेकोठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुमा विभागले अनुरोध गरेको छ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved