पाम तेलको तस्करी बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2022 | 10:45:28 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा पाम तेल सस्तो भएपछि नेपालमा तस्करी बढेको छ । ठूलो मात्रामा भन्सार छलेर ल्याईएको तेल प्रहरीले बरामद गरेपछि तस्करी बढेको भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलेर तस्करीमार्फत भित्रिएको १२ सय लिटर पाम तेल बरामद गरेको छ । तेल ल्याउन प्रयोग गरिएको २ वटा पिकअपसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं १५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, उनका २० वर्षीया भाइ, कलैया उपमहानगरपालिका १७ सुराहीका २१ वर्षीया मुन्ना अन्सारी र बारा परवानीपुर १ का २२ वर्षीया संजय महतो रहेका छन् । 

प्रहरीले तेलसहित ना २ च ५२३२ र ना ५ च ६१६ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको छ।

करिब ३ लाखको पाम तेल बरामद गरिएको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved