
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले अर्बौको चलखेल र लेनदेनको आरोप लागेका अर्थमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
आफूनिकट नेताहरूसँगको छलफलमा कोइरालाले अर्थमन्त्री जनार्दन शर्माको विषयमा प्रश्न उठेपनि प्रधानमन्त्रीले कारबाही नगरेको भन्दै देउवाको समेत स्वार्थ लुकेको हुन सक्ने आशंका गरेका हुन्।
कोइरालाले भने, ‘‘अर्थ मन्त्रालयमा भएको अर्बौको चलखेल र लेनदेनबाट मन्त्री आरोपित छन् । प्रधानमन्त्रीले किन कारबाही नगरेको ? के स्वार्थ छ ?’’
कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको आरोप लगाएको छ ।