चीन जाँदै परराष्ट्र मन्त्री खड्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2022 | 05:37:29 PM मा प्रकाशित

ntc

परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ देखि २६ गते (अगस्ट ९ देखि ११) सम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन् । उनले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लागेको मन्त्रालयले आज जनाएको हो ।

दुबै मन्त्रीहरूले १० अगस्टमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्ने छन्।

मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौँ फर्कनुहुने मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved