मिटरब्याज प्रकरणमा प्रधानमन्त्री देउवाको बिशेष चाँसो, गृहका सालको संयोजकत्वमा कार्यदल गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2022 | 06:00:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रण गर्न एउटा कार्यदल बनाएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटर सम्बन्धी समस्या समाधानका उपायहरू पहिचान गरी संलग्न अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिने गरी काम गर्न निर्देशन दिएका थिए । 

प्रधानमन्त्रीको निर्देशन पछि गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

कार्यदलको सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप– अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन् ।

कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ ।

कार्यदललाई एक महिनाको कार्यादेश दिइएको छ । कार्यदलले कार्यादेश अनुसार १ महिनाभित्र प्रतिवेदन बुझाउने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved