३ पटक घटेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटाउने आयल निगमको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2022 | 05:34:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने निर्णय गरेको छ । आयल निगमले आज पत्रकार सम्मेलन गरेर भारतबाट मूल्य घटेर आएपनि निगमलाई घाटा नै रहेकोले मूल्य नघटाउने निर्णय गरेको हो ।

आज एक पत्रकार सम्मेलन गरि निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले भारतीय आयल निगमलाई नेपालले अझैं २३ अर्ब तिर्न बाँकी रहेकाले मुल्य घटेर आएपनि पेट्रोलियम पदार्थको मुल्य घटाउन नसकिने बताएका हुन्। 

थानीले एक  हिसाब प्रस्तुत गर्दै निगमलाई अझैं ३३ अर्ब आवश्यक रहेको स्पष्ट पारेका छन्। उनकाअनुसार निगमले  नेपाल सरकारलाई ७ अर्ब, राष्ट्रिय वाणिज्य बैंकलाई ३ अर्ब, भारतीय आयल निगमलाई २३ अर्ब गरेर नेपाल आयल निगमले अझैं ३३ अर्ब ऋण तिर्न बाँकि रहेको बताएका हुन्। 

निगमलाई भारतले आज पनि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको थियो । नयाँ मूल्यसूची अनुसार यस पटक पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । आज मंगलबार प्राप्त मूल्यसूचीअनुसार डिजल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा घटेर आएको छ ।

अघिल्लो पटक साउन १६ गते पनि पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यस अघि साउन १ मा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । ३ पटक मूल्य घटेर आउँदा पनि निगमले मूल्य नघटाएको हो ।

हाल नेपालमा पेट्रोल प्रति लिटर १८१ रुपैया, डिजेल र मट्टीतेल प्रति लिटर १७२ रुपैयाँ, र खान पकाउने ग्यास प्रति सिलिन्डर १८०० रुपैयाँमा बिक्रि भईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved