
 2mb (1).gif)
नागरिकता विधेयक प्रमाणीकरण नगरेर
संविधान नै मिचेको आरोपमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ दलनिकट
विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।
संघीय संसदको दुवै सदनबाट पारित गरेर
पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण नगरेर
राष्ट्रपति भण्डारीले संविधान नै मिचेको आरोप लगाउँदै विद्यार्थी संगठनहरु
आन्दोलनमा उत्रिएका हुन् ।
बिहीबार माइतीघर मण्डलामा गठबन्धनका
संयुक्त विद्यार्थी संघले राष्ट्रपतिविरुद्ध धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।