प्रेम बहादुर श्रेष्ठ अक्षयकोषद्वारा ९ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2022 | 04:45:55 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या समूहद्वारा स्थापित प्रेम बहादुर श्रेष्ठ अक्षयकोषबाट ९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । कोषले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच छात्रवृत्ति प्रदान गरेको हो ।

कोटिहवामा रहेको पञ्चकन्या समूहले २०७० सालमा विद्यालयमा अक्षयकोष स्थापना गरेको थियो । पञ्चकन्याका महाप्रबन्धक देवेन्द्र साहुका अनुसार २०७६ सालको एसईईमा विद्यालय प्रथम हुने स्मृति बस्याल र द्वितीय हुने सुविन गैरेलाई छात्रवृत्ति प्रदान गरिएको छ । त्यस्तै २०७७ सालको एसईईमा विद्यालय प्रथम हुने शिव हमाल र द्वितीय हुने करुणा बस्याल तथा २०७८ सालमा प्रथम हुने आशिक पन्थी, द्वितीय हुने विराज भट्टराई, तृतीय हुने आरती घिमिरे, खुशी अर्याल र एलिसा दर्जीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

कार्यक्रममा प्रथम हुनेलाई १० हजार तथा द्वितीय र तृतीय हुनेलाई ५ हजारका साथै प्रशंसापत्र प्रदान गरिएको कोषले जनाएको छ। विद्यार्थीहरुलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण र पञ्चकन्या समूहका उपाध्यक्ष एवं कोषका अध्यक्ष धु्रव कुमार श्रेष्ठ लगायतले छात्रवृत्ति वितरण गरेका हुन् ।

कोरोनाका कारण अघिल्लो दुई वर्षको छात्रवृत्ति पनि यसैपटक वितरण गरिएको अक्षयकोषका सचिव तथा विद्यालयका पूर्वप्रधानाध्यापक कृष्ण प्रसाद घिमिरेले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved