सोमबारसम्म सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2022 | 06:18:52 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शनिवारदेखि सुदूरपश्चिम क्षेत्रमा भारी वर्षा हुने भएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले भारी वर्षाको पूर्वानुमान गरिएकोले सतर्क हुनको लागि आग्रह गरेको छ ।  

जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन कार्यालय, अत्तरियाका अनुसार २०७९ असोज ८ गते शनिबार देखि १० गते सोमबारसम्म सुदुरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुने साथै कंचनपुर, वैतडी र दार्चुला जिल्लामा अझ बढी वर्षा हुने पूर्वानुमान रहेको मन्त्रालयले उल्लेख गरेको छ । असोज ८ देखि १० गतेसम्म सर्वसाधरण तथा विपदमा खटिने सबैमा मन्त्रालयहरु, सबै विपद व्यवस्थापन समितिहरु, स्थानीय तहहरु, नेपाल रेडक्रस सोसाईटी तथा सबै सरोकारवालाहरु र स्थानीयवासी सतर्कता अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले निम्न अनुसारको सतर्कता अपनाउन आग्रह गरेको छ ।


१. पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने हुदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउनु हुन,

२. वाढी, पहिरो, डुवान, कटानको जोखिम देखिएमा सम्बन्धित जिल्ला विपद् व्यस्थापन समिति, स्थानीय विपद् व्यस्थापन समिति, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाईटीलाई तुरुन्त खबर गर्न,

३. वस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आंकलन गरी सुरक्षाकर्मी एवम् स्थानीय तहसँगको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन,

४. बाढीका बारेमा जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं ११५५ मा फोन गर्न,

५. तत्काल खोज, उद्धार र राहतका लागि जिल्ला विपद् व्यस्थापन समितिहरु र प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रको टोल फ्री नं १६००९१५६६८८ र फोन न. ०९१-५२१३२४ मा फोन गर्न,

६. विपदका समयमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकाको विशेष ध्यान राख्न,

७. संभावित विपद्लाई ध्यानमा राखी खोज, उद्धार र राहतका लागि सम्वन्धित निकायहरु तयारी अवस्थामा रहन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved