सन्दीप लामिछानेले भने 'असोज २० गते नेपाल आएर कानुनी लडाई लड्छु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2022 | 10:46:19 AM मा प्रकाशित

laxmi  sunrise bank

क्रिकेटर सन्दीप लामिछानेले आफु असोज २० गते नेपाल आईपुग्ने बताएका छन्  । सामाजिक संजाल मार्फत उनले अक्टोबर ६ तारिखमा नेपाल आईपुग्ने बताएका हुन्  । 

आफु निर्दोष रहेको र नेपाल आएपछि उनले कानुनी लडाई लड्ने बताएका छन्  ।  उनले नेपालको न्याय प्रणालीमा आफुलाई पुर्सं भरोषा र विश्वास रहेको बताउदै आफुले छिट्टै न्याय पाउने आशा राखेको बताएका छन्  ।  उनले आफुमाथि लगाईएका आरोप झुटा रहेको र समयले त्यो प्रमाणित गर्ने उल्लेख गरेका छन्  । 

उनी विरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ । नेपाल प्रहरीको प्रधान कार्यालयका अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । १३५ देशले सन्दीप आफ्नो देशमा भए नभएको खोजी गरिरहेका छन् । 

सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको मुद्दा दायर गरेकी छिन् । उजुरी परेको समयमा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका त्यसपछि नेपाल आएका छैनन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved