दशैंको चहल-पहल एकातिर, कांग्रेसको किचलो अर्कोतिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2022 | 08:11:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आम नागरिक दशैंको फेस्टिभ मूडमा भएपनि सत्तारूढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस भने आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार तय गर्ने विषयमा उठेको विवादका बीच रुमल्लिएको छ ।

सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझै पनि उम्मेदवारी चयनका विषयमा समझदारी हुन सकेको छैन । महानवमीको दिन पनि प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बस्ने बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयनको विषयमा छलफल गर्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए 

सोमबार भएको बैठकमा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार हुन लागि दुईवटा मापदण्ड तय गरेको थियो 

बैठकले तय गरेको मापदण्डमा वर्तमान लोकप्रियता र आगामी दिनको सम्भावना समेत हेर्ने र स्थानीय तहको गत चुनावमा उठेकालाई अहिले उम्मेदवार नबनाउनेलगायत छ 

कांग्रेसले स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसिर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत् सक्रिय भएर पार्टीको विजय अभियानमा सहभागी हुन यो बैठक अपिल गरेको छ 

आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन व्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारबाहीको प्रक्रियालाई तदनुकूल गर्ने गरी टुंगो गर्ने निर्णय गरेको पार्टी मुख्यसचिव पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved