सत्ता गठबन्धन सीट बाँडफाँडमा सहमति हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2022 | 06:38:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्ता गठबन्धनले प्रतिनिधिसभाका  र प्रदेश सभाको सीट बाँडफाँट आजै टुंगो लगाउने र ढिलोमा भोलि बिहानसम्म सहमतिमा हस्ताक्षर गर्ने भएको छ ।

सिट सङ्ख्यामा  सहमति  गरि सम्झाैता पत्रमा  हिजै हस्ताक्षर हुने  भनिए पनि जसपा लगायतका दलले केही सीटमा सहमति नजनाएपछि आज टीका लगाएर पुनः छलफलमा जुट्नेगरी आफूहरू उठेको कांग्रेसका एक नेताले बताए । उनका अनुसार कोशी पश्चिम र राप्ती पूर्वका केही जिल्लाहरूमा कुरा मिलेको छैन ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने आजै रातिसम्म भने पनि सहमतिमा हस्ताक्षर गर्ने तयारी रहेको बताए । उनका अनुसार कांग्रेस ८५ सीटमा चुनाव लड्ने लगभग सहमति छ ।त्यस्तै माओवादी ४४ सीटमा लड्ने उनले जानकारी दिए । नेकपा एसलाई १८ र जसपाले १६ सीट दिने प्रस्ताव दुई ठूला दलले राखेकोमा आफूहरूले त्यसमा नमानेको खनालले बताए ।

नेकपा एसले कम्तीमा २० सीटको अडान राखेको छ भने जसपाले २५ भनेको छ । जसपा १६ सीट लिएर गठबन्धनमा नबस्ने भएको छ । जसपाले मागे बमोजिमको सीट दिँदा गठबन्धनका ठूला दलमध्ये कांग्रेस ८० तिर झर्नुपर्ने  हुन्छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव एमालेसँग पनि समानान्तर वार्तामा रहेको जानकारी पाएपछि गठबन्धनका शीर्ष नेता दबाबमा  छन् । जसपाले गठबन्धनमा प्रतिनिधिसभाको मात्र होइन मधेस प्रदेशको सीटमा मुख्य असहमति जनाएको हो । चुनावपछि मधेसमा आफ्नो नेतृत्वको सरकार बन्न गाह्रो हुने गरी सीट बाँडफाँट हुन लागेपछि उपेन्द्रले एमालेसँग तालमेलको तयारी गरेका हुन् । त्यही बुझेर गठबन्धनले चाँडै हस्ताक्षर गर्न खोजेको छ । उपेन्द्र भने एमालेसँग प्रतिनिधिसभामा २५ सीट र मधेस प्रदेशमा आधा भन्दा बढी सीट लिएर तालमेल गर्ने र गठबन्धन छाड्ने सोचमा छन् । उपेन्द्र एमालेसँग जाँदा मधेस प्रदेशका ३२ मध्ये दुई तिहाइ सीट एमाले जसपा गठबन्धनले जित्ने मतभार स्थानीय चुनावबाट देखिएकाले पनि गठबन्धनमै राख्न कांग्रेस थप लचिलो हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved