पहिरोले नौबिसे र नारायणगढ- मुग्लिन सडकखण्ड अवरुद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2022 | 10:55:36 AM मा प्रकाशित

laxmi  sunrise bank

२ दिनदेखिको लगातार वर्षाले नारायणगढ- मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको छ । मुग्लिन नारायणढ सडक खण्डको सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् । सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

यस्तै नागढुङ्गा नाका भन्दा तल सुरुङ मार्ग स्थित सडकमा आज बिहान ८:३० बजे पहिरो खसेको कारण दुई तर्फी रुपमा सवारी आवागमन अवरुद्ध भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका ७ बुद्धसिंहघाटमा पनि आज बिहान ५:३० बजे सडकमा पहिरो खस्दा गल्छी त्रिशुली सडकखण्ड अवरुद्ध भएको छ ।

सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved