Election 2079 Worldcup 2022

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2022 | 09:33:39 AM मा प्रकाशित

laxmi bank

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि लमजुङ  जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको  छ ।

लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला समन्वय समितिको भवनमा असोज २० गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

उक्त कार्यक्रममा  मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शिव प्रसाद खनाल, प्रमुख  जिल्ला अधिकारी सुशील बैध, जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटा, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो । लमजुङमा   संघीय निर्वाचन क्षेत्र एउटा र प्रदेश सभामा दुईवटा निर्बाचन क्षेत्र  रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved