सन्दीप लामिछानेलाई जेल चलान गर्न काठमाडौँ जिल्ला अदालतको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 02:44:58 PM मा प्रकाशित

laxmi sunrise bank

काठमाडौँ जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई कारागार पठाउन आदेश दिएको छ । शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलाशले नाबालिग बलात्कार अभियोग लागेका लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।

वादी र प्रतिवादीका तर्फबाट भएको कुन व्यवसायीको थुनछेक बहसपछि इजलाशले  थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

लामिछाने विरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको थियो । सरकारी वकिलको कार्यालयले गत सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको थियो । 

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ। उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा १७ वर्षीया बालिकाले २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीपले २० असोजमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्। 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved