‘मदिरा पार्टी’ मा मेयर र हाकिमबीच कुटाकुट, वडाध्यक्षले फुटाए टेबुल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2022 | 12:28:46 PM मा प्रकाशित

laxmi  sunrise bank

 कैलालीको घोडाघोडी नगरपालिकामा ‘मरिदा पार्टी’ मा मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच कुटाकुट भएको छ । मेयर खड्कबहादुर रावत र  प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यबीच हात हालाहालपछि कुटाकुट भएको हो ।

उनीहरुले आचार्यको सरकारी निवासमा तोडफोड समेत गरेका छन् । शनिबार राति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए ।

सोही क्रममा आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहाल सम्मको अवस्था सिर्जना भएको थियो । मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले खुट्टा प्रहार गरेपछि टेबुल फुटेको हो ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीले घटनाबारे आधिकारीक रुपमा जानकारी प्राप्त नभएपनि नगरपालिकाका प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको सुनिएको बताए ।

वादविवादकै क्रममा प्रशासकीय अधिकृतको निवासमा रहेको टेबुलमा वडाध्यक्षले ओझाले लात्ता प्रहार गर्दा फुटेको बुझिएपनि कुनै पक्षले घटनाबारे औपचारिक रुपमा जानकारी नदिएको उनले जनाए ।

प्रहरीकाअनुसार राति अबेरसम्म उनीहरुले सुखड बजारमा रहेको माछा घर रेष्टुरेन्टमा मदिरा सेवन गरेका थिए । त्यहाँबाट निस्केर फेरी उनीहरु प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा गएका थिए । घटनाबारे बुझ्न खोज्दा मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत सम्पर्कमा आएनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved