धनगढी उपमहानगरद्वारा भाटभटेनीको सबै प्लास्टिक झोला जफत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2022 | 04:38:16 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी उपमहानगरपालिकाले सुपरमार्केटमा प्रयोग भईरहेका प्लास्टिकजन्य झोला जफत गरि नष्ट गरेको छ। सोमबार उपमहानगरकी उपप्रमुख कन्दकला रानाको संयोजकत्वमा सुपरमार्केटको अनुगमन गर्दै प्लाष्टिकजन्य झोला जफत गरि नष्ट गरिएको हो।

उपमहानगरभित्र प्लास्टिकजन्य झोला, माला, गिलास, प्लेट लगायतको प्रयोगमा कमी ल्याउन सुपरमार्केटकमा अनुगमन गरिएको उपप्रमुख रानाले बताईन्।उनकाअनुसार सुपरमार्केट, भाटभटेनी, बिबि मार्ट, हेलो मार्ट लगायतमा अनुगमन तथा झोला जफत गरिएको हो।

सो क्रममा उपप्रमुख रानाले आगामी दिनमा प्लास्टिकजन्य झोला प्रयोग नगर्न सुझाव पनि दिएकी थिइन्। उपमहानगरपालिकाले प्लास्टिकजन्य सामग्रीका कारण वातावरणमा प्रभाव पर्ने भन्दै असोज १ गतेदेखि बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved