सत्ता गठबन्धनले भन्यो 'निर्वाचनले मिलेर अघि बढ्नु पर्ने सन्देश दियो, यहि गठबन्धन कायम रहन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2022 | 06:16:46 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचनको समिक्षा र भावी सरकारको समीकरणबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठकले  गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

यस बारे सत्ता गठबन्धनका दलहरुले संयुक्त विज्ञप्ति पनि जारी गरेका छन् । विज्ञप्तिमा भनिएको छ 'हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ । मुलुकका सामु विद्यमान चुनौतीहरुको सामाना गर्नु पर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ । निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको छ ।'

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा,  सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस नेता कृष्ण सिटौला, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र महासचिव बेदुराम भुसाल, माओवादी केन्द्रका महासचिव देव गुरूङ र नारायणकाजी श्रेष्ठ लगायत उपस्थित थिए।


यस्तो छ सत्ता गठबन्धनको विज्ञप्ति

मुलुकको विशिष्ट परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि स्थापित गठबन्धनको सरकारले स्थानीय, प्रदेश र प्रतिनिधि सभा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुदै संविधान अझ सुरक्षित भई मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको छ।

हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ । मुलुकका सामु विद्यमान चुनौतीहरुको सामाना गर्नु पर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ । निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको छ ।

निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिए । निर्वाचनका दौरानमा देखिएका ति असमझदारीहरुको पनि आगामी दिनमा उचित समिक्षा र सम्बोधन गरिनेछ। गठबन्धनप्रति आम मतदाताले दर्साएको विश्वास र मायाप्रति हामी आभारी छौं। आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं । निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयङ्गम गर्दै हामी गम्भीर समिक्षाका साथ अघि बढ्ने छौं।

निर्वाचनमा सहभागि सम्पूर्ण मतदातालाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

साथै शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचन आयोग, निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा सहभागि राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, राष्ट्रिय र अन्तराष्ट्रिय निर्वाचन पर्यवेक्षक लगायत सबैलाई समेत हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

हेर्नुस् विज्ञप्ति : 

No photo description available.

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved