मकवानपुरमा एकै साथ ३ वटा मेला महोत्सवको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 08:56:07 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य संघ मकवानपुरले आगामी माघ दोस्रो सातादेखि हेटौंडामा ब्यापारिक महोत्सव आयोजना गर्ने भएको छ । कोभिड–१९ को बिश्वब्यापी महामारीका कारण बिगत ३ बर्षदेखि स्थगित भएको ब्यापार मेला तथा महोत्सव यो बर्ष आयोजना गर्न लागिएको हो । 

संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक, पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा साँस्कृतिक क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यका साथ मेला आयोजना गर्न लागिएको बताए ।

महोत्सवका लागि हेटौंडा उपमहानगर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्बाट सिफारिस लिने काम भइरहेको अध्यक्ष अग्रवालले जानकारी दिएका छन् । मेला आयोजना गर्ने स्थान भने छनोट भइसकेको छैन तर, आन्तरिक तयारी भइरहेको र केहीदिन भित्रै पत्रकार सम्मेलन गरी जानकारी गराइने अध्यक्ष अग्रवालले बताए ।

त्यस्तै उत्तरी मकवानपुरको थाहा नगारपालिका–१ कुन्छालमा रैथाने कृषि तथा सास्कृतिक मेला हुने भएको छ । मंसिर २३ गते शुक्रबारदेखि २ दिन मेला सुरु हुने बताइएको छ । रैथाने कृषि तथा सास्कृतिक मेलामा कला, सस्कृति, भेषभुषाको साथमा स्थानीय बिशेष पकवानको स्वाद लिन पाइने भएकाले मेला विशेष हुने बताइएको छ ।

कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन तथा सरसफाई समितिको आयोजना तथा थाहा नगरपालिका–१ नं. वडा कार्यालय र लवग्रिन नेपालको सहआयोजनामा मेला हुन लागेको हो । कार्यक्रममा रैथाने कृषी उपज प्रदर्शनी, परम्परागन सांस्कृतिक झाँकी प्रदर्शनी, गोपाली खाना महोत्सव, कुन्छाल फोटो प्रदर्शनी, स्थानीय कृषी उपज प्रदर्शनी, हस्तकला सामग्री प्रदर्शनी हुने १ नं. वडाअध्यक्ष हेरामान गोपालीले बताए ।

त्यसैगरी भीमफेदी गाउँपालिका–१ खेप्लाङमा भीमफेदी–हेटौंडा–सामरी महोत्सव हुने भएको छ । मंसिर २९ गतेबाट पुस १० गतेसम्म महोत्सव आयोजना हुने वडाअध्यक्ष सोमबहादुर स्याङ्तानले बताए । सहरी क्षेत्रमा हुने मेला महोत्सवलाई गाउँपालिकासम्म लैजाने योजना बनाइएको वडाअध्यक्ष स्याङतानले बताए । महोत्सवमा राष्ट्रिय कलाकारहरु धिरज राई, बद्री पंगेनी, मिलन लामा, ज्योति मगर, प्रिती आले, एलिना चौहानलगायत कलाकारले प्रस्तुति दिनेछन् । 

यस्तै मकवानपुरको पूर्बी क्षेत्र बागमती गाउँपालिकाको फापरबारीमा पनि ब्यापार मेलाको आयोजना गर्ने बिषयमा छलफल भइरहेको बताइएको छ । दिउसोको समयमा मेला महोत्सब आयोजना गर्न अनुमति दिने तर रात्रि समयका लागि नदिने निर्णय भएको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए । 

रात्रिकालीन समयमा बढी भैझगडा हुन थालेपछि राति हुने मेला जात्रामा पनि प्रतिबन्ध लगाउनुपर्ने अवस्था सृजना भएको अध्यक्ष घलानले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved