ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण सुरु, आजदेखि यस्तो हुनेछ ट्राफिक ब्यबस्थापन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 09:12:17 AM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको ग्वार्को चोकमा आज मङ्सिर २३ गतेदेखि फ्लाई ओभर निर्माण कार्य सुरु भएको छ । यस सँगै ट्राफिक ब्यबस्थापनमा केहि फेरबदल गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार आगामी मङ्सिर २३ गते बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटो तर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई 'फास्ट ट्रयाक' बाट चलाइने छ ।

त्यस्तै कोटेश्वरबाट सातदोबाटो तर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ । बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वर तर्फ आउने यात्रुबाहक, माहलबाहक तथा दुईपाङ्ग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई  'फास्ट ट्रयाक' बाट संचालन गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यो ब्यबस्था फ्लाई ओभरको निर्माण कार्य सम्पन्न नभएसम्म लागु हुने छ ।

May be an image of text that says '↑ स्थल मि. निर्माण अन्दाजी६००मि. अन्दाजा मंगलबजार ईमाडोल ग्वार्को चोक '밤 निर्माण स्थल f0 अन्दाजी६०० ६०० अन्दाजी'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved