नेपाली आकाशमा ४ वटा अन्तराष्ट्रिय जहाज घुमेको घुम्यै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2023 | 10:58:51 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ अन्तराष्ट्रिय विमानस्थलमा मौसमका भिजिविलिटी कम भई विमान अवतरण हुन नक्सदा विदेशबाट आएका ३ अन्तराष्ट्रिय जहाज नेपाली आकाशमा घुमिरहेका छन् । एउटा अन्तराष्ट्रिय विमान भने कोलकाता डाइभर्ट भएको छ 

यो समाचार तयार पार्दासम्म मुम्बईबाट काठमाडौँ आएको भिस्तारा एयरलायन्स जहाज नेपाली आकाशमा घुमिरहेको छ । त्यस्तै त्यस्तै नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाज पनि नेपाली आकाशमा घुमिरहेको छ । दुबईबाट काठमाडौँ आएको नेपाल एयरलायन्सको जहाज पनि यति बेला नेपाली आकाश मै घुमिरहेको छ । त्यस्तै दिल्लीबाट काठमाडौँ आएको इन्डिगो एयरलायन्सको जहाज पनि ल्याण्ड गर्न सकेको छैन 

मलेशियाबाट आएको नेपाल एयरलायन्सको जहाज भने कोलकाता डाइभर्ट भएको छ । त्यस्तै नेपालगंजबाट काठमाडौँको लागि उडेको श्री एयरलायन्सको जहाज पनि झापा डाइभर्ट गरिएको छ 

मौसम सुधार भएपछि ति जहाज ल्याण्ड हुने विमानस्थल कार्यालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved