बाजुरा भुकम्पः एक जनाको मृत्यु, २५ घर भत्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2023 | 09:12:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण विभिन्न ठाउँमा गरी २५ घर भत्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। भुकम्पका कारण जिल्लाभर भएको घटनाको विवरण संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण एक जनाको मृत्यु भएको छ। गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मंगलबार दिउँसो भुकम्प गएको बेला जंगलमा घाँस काटिरहेकाबेला माथिबाट ढुंगा खस्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

घटना भएको ठाउँमा प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्य थापाले बताए।

त्यसैगरी, भेडा चराउन गएका गौमुल गाउँपालिका वडा नं. १ का एक जना घाइते भएका छन्। जंगलमा भेडा चराउन गएकाबेला माथिबाट भीर फुटेर पहिरो जाँदा ५० देखि ६० भेडा मरेका र गोठालो गएका रामदल बोहरा घाइते भएको स्थानीयले बताएका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको स्थानीय सुवास रोकायाले जानकारी दिए।

यसैगरी, खप्तड छेडेदह वडा नः ५ मा दुई वटा छाना भत्किएको र गिठे लुहारको घर भत्किएको जानकारी प्राप्त भएको छ। त्यसैगरी मष्टेश्वरी माविको भवन भत्केको गाउँपालिकाले जनाएको छ। सोही गाउँपालिका ४ का कल्चु सार्की र गोपाल दमाईका घर भत्किएको वडा अध्यक्ष दल रावतले बताए। जिल्लाभर भएको अन्य क्षतिको विवरण आइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved