भृकुटीमण्डपमा शुरु भयो फर्निचर एण्ड होम डेकोर एक्स्पो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2023 | 03:08:03 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको भृकुटीमण्डपमा आजबाट आठौँ नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पो सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस्को प्रालिको आयोजनामा माघ १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी (एक्स्पो) हुनेछ । 

प्रदर्शनीमा विशेषगरी काठ र फनिर्चरसँग सम्बन्धित स्वचालित मेसिनहरु राखिएको छ  । जसमा  हातले घन्टौँ समय लगाएर गरिने काष्ठकलालाई केही सेकेन्डमै सहज रुपमा गर्न सम्छ । 

काठमा बुट्टा हान्ने, काठ चिर्नेलगायतका थुप्रै अटोमेटिक मेसिनलेहरु प्रदर्शनीमा छन् । जसका कारण वस्तुहरु आकर्षक देखिने र समयको पनि बचत हुन्छ । यसले काठ र फनिर्चर क्षेत्रलाई आधुनिकीकरणमा ढाल्न सहयोग गर्नेछ । प्रदर्शनीमा विभिन्न देशका १०० भन्दा बढी ख्याति प्राप्त ब्राण्डहरुका स्टल राखिएको छ ।

जसमा  फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित विभिन्न क्षेत्रको उपस्थिति रहेको छ ।  प्रदर्शनीमा विशेष गरेी नयाँ–नयाँ प्रविधि, स्वचालित मेसिनहरु साथै काठका उत्पादनहरु राखिएको छ ।  प्रदर्शनी विगत ७ वर्षदेखि हुँदै आएको हो । 

उक्त प्रदर्शनीमार्फत नयाँ–नयाँ प्रविधि, टेक्नोलोजी, उत्पादन र त्यससँग सम्बन्धित  विषयका  बारेमा जानकारी गराउने प्रयास गरिएको छ । आयोजकका अनुसार आठौैँ नेपाल उड प्रदर्शनीमा संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिइएको छ ।

यस प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेशिनहरुलाई सुधार गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास छ । यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकासमा नयाँ प्रविधि, टेक्नोलोजी तथा आधुनिकीकरणमा रुपान्तरण गर्न टेवा पुर्याउने आयोजनको विश्वास छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved