
गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सुनुवाई सकिएको छ । आजै फैसला सुनाउने तयारी सर्वोच्च अदालत स्रोतले गरेको छ ।
सँगै रविका विषयमा सामाजिक सञ्जालमा पक्ष र विपक्षमा टिप्पणी भइरहेका छन् । अहिले सामाजिक सञ्जालभरी फैसला के आउला भन्ने कौतुहलता छाएको छ ।
यस्तै, रविले २०२१ जुलाइमा लेखेको एउटा स्टाटस भाइरल छ । १३ जुलाई २०२१ मा रविले ‘केरे केरे, केरे, अदालतको आदेश मान्दिन रे ? तिम्रा बाको शासन हो र ?’ लेखेका थिए ।