
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले आजै फैसला सुनाउने तयारी गरेको बुझिएको छ ।
संवैधानिक इजलासका पाँच जना न्यायाधीशहरु यस विषयमा छलफलमा छन् ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले संवैधानिक इजलासका पाँच जना न्यायाधीशहरु छलफलमा रहेकाले आजै फैसला आउन सक्ने बताएका छन् ।
‘संक्षिप्त आदेश र ठहरको व्यहोरा सार्वजनिक हुन सक्छ’ उनले बिजपाटीसँग भने ।